सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २३ । सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ ।

तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी