अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२४ चैत, काठमाडौं ।अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मालारानी गाउँपालिका ३ लुटीपोखरी-खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो। 

उक्त  घटनामा परी दुई जना घाइते भएका छन्। प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले  मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए। 

मालारानीको  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी