सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२४ चैत, काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो।

महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ। जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। जसअनुसार आइतबार चाँदी तोलामा एक हजार ८०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी