२४ चैत, काठमाडौं ।अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिठ्ठी बजाए विरोध प्रदर्शन गरेका छन्। आज शिक्षकहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका हुन्।
नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन्।शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन्।




तस्बिर: नेपाल फोटो लाइब्रेरी





