चार महिनापछि हवाई सेवा सुरु, ताप्लेजुङबाट ६ यात्रु बोकेर काठमाडौं फर्कियो जहाज

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२४ चैत, काठमाडौं ।  करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा सुरु भएको छ। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा आएको समस्या समाधान भएसँगै आजदेखि पुनः हावाई सेवा सुरु भएको हो।

काठमाडौंबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौं लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन्। यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए। हाल उनीहरूले सेवा बन्द गरेका छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी