विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने छ -महासंघ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २४ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । माइतिघर–बबरमहल क्षेत्रमा सठ्ठी बजाउँदै शिक्षकहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले शान्तिपूर्ण रुपमा नाचगान गर्दै प्रदर्शन गरेका थिए ।

आफुहरुसंग यसअघि भएका सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने महासङ्घको माग छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने महासंघको भनाइ छ ।यसैबीच महासङ्घले आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।

आन्दोलन अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह समेत गरेको छ । सरकारले वार्तामा बोलाएपनि महासंघले वार्ता बहिष्कार गर्दै आएको छ ।विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी