वन डडेलो नियन्त्रणका लागि ठोस योजनाका साथ सरकार अघि बढिरहेको छ- वनमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २४ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डडेलोका साथै आगोबाट सिर्जित समस्या समाधानका लागि सरकार ठोस योजना बनाएर अघि बढिरहेको बताउनुभएको हो । फागुन चैत्र बैंशाखमा अत्याधिक वन डडेलो लाग्ने देखिएकाले आगामी दिनमा यसलाई न्यूनिकरण गर्ने योजनालाई प्रभावकारी बनाउने उहाले बताउनुभयो ।

उहाले तीनै तहका सरकारबाट वन डडेलो नियन्त्रणको प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसकेको र यसले गर्दा जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदुषण बढ्दै गएको धारणा राख्नुभयो । मन्त्री ठकुरीले वन डडेलो नियन्त्रणका लागि अन्तराष्ट्रिय प्रयासलाई अवलम्वन गर्दै आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट डडेलो समस्या न्यूनिकरण र नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधि लगाएत बिज्ञहरुको सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी