२५ चैत, काठमाडौं । हावा मापन गर्ने आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ।
काठमाडौं र छिमेकको नयाँ दिल्ली प्रदूषण मापनमा कहिले पहिलो त कहिले दोस्रो सहरका रुपमा रहँदै आएका छन्।
आज भने नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ।
काठमाडौंमा आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ। यसलाई अस्वस्थकर मानिन्छ। हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ।
त्यसपछि शीर्ष १० स्थानमा हनोई, बेइजिङ तथा ग्वान्झाओ, म्यानमारको यांगुन, सांघाई, मुम्बई र चीनकै वुहान रहेको छ।





