मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको अड्कलबाजी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। 

चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारी अवकाशमा गएसँगै आजको मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना पनि टाढा छैन। यद्यपि हालसम्म मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन। 

अधिकारीको पदावधि सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन भएका बेला मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेकाे हाे। यस्ताेमा कांग्रेस/एमालेबीच कुराे मिले नयाँ गभर्नर नियुक्त हुन सक्ने बताइन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी