राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

 
उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

 
सो प्रदर्शनलाई सफल बनाउने पुर्व तयारीका लागि हिजो केन्द्रिय कार्यालय धुम्बाराहीमा केन्द्रिय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशाषित र भब्य बनाउने निर्णय गरेको छ ।

बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ नेतृत्वको गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भए पछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन बिशेष जोड दिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी