२६ चैत, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलको सचिवालयले जानकारी दिएको हो।
मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
प्रधानमन्त्रीले ओली मधेसका मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेताहरुसँग संक्षिप्त भेटघाट गर्नेछन्। प्रदेशसभा बैठकमा सम्बोधन र जनकपुरका महत्त्वपूर्ण भेटघाटलगत्तै प्रधानमन्त्री सिरहा पुगेर सहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्नेछन्।
प्रधानमन्त्रीले सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा हुने एमाले आमसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ।





