भरूवा बन्दुकसहित एक जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बैतडी, २६ चैत । दशरथचन्द नगरपालिका–२ दल्लाबाट भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका छन् ।

सोही नगरपालिका–२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी