२७ चैत, काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।





