२७ चैत, काठमाडौं । समाजसेवी शोभित उप्रेतीले राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजककी पत्नीलाई ५० हजार सहयोग गरेका छन्।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी पत्नी सुजनलाई उक्त रकम प्रदान गरेका हुन्।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको अन्दोलनमा सुरेशको आगोमा जलेर मृत्यु भएको थियो।





