राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाइ ऋणपत्र बेच्ने, ब्याजदर वार्षिक ७ प्रतिशत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ चैत, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरले २५ लाख इकाइ ऋणपत्र बिक्री खुलाउने भएको हो।

१५ लाख इकाइ बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ भने बाँकी १० लाखमध्ये ५ प्रतिशत अर्थात् ५० हजार इकाइ म्युचुअल फन्डलाई छुट्याइएको छ। ९ लाख ५० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। बैंकले ७ वर्षे अवधि र ७ प्रतिशत ब्याज दिने गरी ‘७% आरबीबीएल डिबेन्चर २०८८’ बिक्री गर्न लागेको हो। बैंकले उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ। वैशाख ७ देखि १० गतेसम्म बैंकको ऋणपत्रमा आवेदन दिन सकिनेछ भने सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

केयर रेटिंग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त रहेको र न्यूनतम कर्जा जोखिम भएको संकेत गर्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी