तोलमा २ हजारले बढ्यो सुन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

२७ चैत, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। 

अघिल्लो दिन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकैदिन २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको हो।

यसअघि आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो।

चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो।

सुनको भाउ बढेसँगै चाँदी पनि वृद्धि भएको छ। आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्