ग्यास सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजारै सखाप, सात करोड बढीको क्षति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ चैत, काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो। जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए।

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण संकलन गरिने जानकारी दिए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी