१० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित एकजना युवक अमलेखगन्जबाट पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बारा, २७ चैत । बारा प्रहरीले १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षिय रवि थिङ रहेकाछन् । 

थिङलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए । डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए । 

प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकीभित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी