काठमाडौंमा पानी पर्न सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २७ । काठमाडौं उपत्यकामा पानी पर्न सुरु भएको छ । अहिले काठमाडौंको चावह्लि लगायतका क्षेत्रमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ । वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन्

काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले बताएका छन । पर्सि पनि पानी पर्ने सम्भावना छ । तर आज र भोलिको तुलनामा केही कमजोर हुनेछ ।

मौसमविद्‍का अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर छ ।वर्षासँगै काठमाडौंको उपत्यकाको वायु प्रदूषण केही घटेको छ । हिजोसम्म विश्वका प्रदूषित शहरहरुको सूचीमा पहिलो नम्बरमा रहेको काठमाडौं आज दिउँसो भने दोस्रो नम्बरमा झरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी