अफगानिस्तान बिरूद्दकाे अन्तिम खेलमा नेपालको सान्तवना जीत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २७ चैत । नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।

मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

तर यो जित नेपालका लागि भने सान्त्वना जीत मात्रै रहन पुग्यो । अफगानिस्तानले तीनवटा खेलको शृंखला मध्ये २ जीत आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० र  एक रनको जित निकालेर शिर्ष स्थानमा रहेको थियो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी