डर्टमन्ड बिरूद्द बार्सिलोनको ४-० को जीत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ चैत । बोरुसिया डर्टमन्डविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले ४–० जीत निकालेको छ ।

बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र लामिन यमलले समान एक गोल थपेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थपेर ४–० को बिशाल जीत हासिल गरेको हो ।

सो खेलको २५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै अग्रता लिएको थियो भने दोस्रो हाफको ४८ र ६६ औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले तथा ७७औँ मिनेटमा यमलले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखेका हुन ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी