कुवेतले दियो नेपाल सामु १८६ रनको लक्ष्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ । कुवेतले नेपाल सामु १८६ रनको लक्ष्य प्राप्त गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १८६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पार्न सफल भएको छ ।

कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, कप्तान मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाएका छन् ।

दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरे । नेपालका लागि सोमपाल काकीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक एक विकेट लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी