ट्रयाक खुलेको ३१ वर्षपछि दुलेगौडा–हर्कपुर मार्ग कालोपत्र गरिँदै 

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८ चैत, काठमाडौं ।तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ। शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो। 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उनले बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी