नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत्र २८ । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको छ भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाउनुभएको छ । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सवैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताउनुभयो ।

स्वतन्त्र न्यायपालीकाको वास्तविक रुपमा स्थापीत गर्न र स्वच्छ न्यायपालीकाको स्थापनाका लागि पहल गर्ने उहाले बताउनुभयो । मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुराउने जिसकर गर्नुभयो ।

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित हुनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ बिजयी हुनुभएको छ ।

महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा जगत बहादुर कार्की बिजयी हुनुभएको छ । नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी