रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि ‘हेर्न नभ्याउने’मा परेकाे छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ मा परेकाे हाे ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिदैँ आएको थियो । याे सहित पाँचाै पटक सरेकाे हाे ।  

गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परे पछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्नसमेत उठाएकी थिइन्। 

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी