काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको शुभकामना कार्यक्रमको आयोजना गरेको छ । बिहिवार समाजले जेठ १५ गते अर्थात् १८ औ गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
बौद्ध टाउन प्लानिङ स्थित दिव्य पार्टी प्यालेसमा भएको कार्यक्रममा अर्थ समिति सभापति सन्तोष चालिसे, पूर्व मन्त्री शेर बहादुर तामाङ, संघीय सांसद अम्बिका बस्नेत, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल नगर प्रवक्ता नारायण सुवेदी, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रवक्ता हरिभक्त पुडासैनी, समाजका पदाधिकारी, मानव अधिकारकर्मी, वरिष्ठ स्तम्भकार, सामाजिक, राजनीतिक व्यक्तित्वहरुको उल्लेख्य उपीस्थती रहेको थियो ।
समाजले नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको दिनको रुपमा जेठ १५ गते गणतन्त्र दिवस हरेक वर्ष मनाउँदै आएको छ ।







