काठमाडौं, जेठ २७ । लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
एसपी शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।





