सामाजिक सञ्जालमार्फत गायिका चौहानलाई गालीगलौज गर्ने एक जना पक्राउ 

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 काठमाडौं, असार १७ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट उनलाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुञ्जन राई रहेका छन्। उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्। त्यसमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेकाे हाे। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्