मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका बिषयमा प्रधानमन्त्रीले छानविन गर्नुपर्छ -योगेश भट्टराई

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार २९ । नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका बिषयमा प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सहि हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताउनुभएको हो । यस बिषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धीत मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उहाले बताउनुभयो ।

भट्टराईले यसमा मन्त्रीहरुको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले सञ्चारमाध्यममा आएका सवै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गर्नुभयो । भट्टराईले सवैको सहमतिमा नै संविधान संशोधनको बिषयलाई अघि बढाउने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी