तनहुँमा ११ सय ७७ मेट्रिकटन चैतेधान उत्पादन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन ३ । तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो।

कार्यक्रम सञ्चालनका लागि रु ५८ लाख ५० हजार बजेट रहेकामा रु ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। 

उनले भने, ‘यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो। एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो।’ चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी