प्युठानमा कार दुर्घटना, आठजनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

प्युठान । प्युठानमा कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएकाे छ । दुर्घटनामा मृत्यु हुनेमध्ये सातजनाको सनाखत भएको छ । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो । ती मध्ये सातजनाको सनाखत भएको हो ।

मृत्यु हुनेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल, उनका छोराहरू १४ वर्षीय विशाल र ९ वर्षीय विकास पोखरेल रहेका छन् ।

त्यस्तै, दाङको लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनका श्रीमती ३० वर्षीया राधा नेपाली, उनका छोरा ९ वर्षीय आदित्य शाह र कारका चालक लमही–५ का ४९ वर्षीय ताराबहादुर कुमालको सनाखत खुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । एकजनाको भने सनाखत हुन बाँकी छ ।

स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी