सेयर कारोबारी दिपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ साउन । करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्।

उनी माथी अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो ।

त्यस पछि अदालतले अग्रवाललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।  

प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।  

जनकपुरका दिनेशप्रसाद साहले आफूसँग ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिए पछि प्रहरीले सेयर कारोवारी अग्रवालको खोजी थालेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी