आज पनि घट्यो सेयर बजार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन १२ । आइतबार तीन हजार विन्दु पार गरेर गिरावट हुँदै करेक्सन भएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार वृद्धि भएको छ।

आइतबार सेयर बजार १८ अंकले गिरावट हुँदै २९६४ विन्दुमा बन्द भएको थियो। सोमबार २ अंकले घट्दै २९६२ विन्दुमा पुगेर बन्द भएको छ। कारोबारका आधारमा आज भारी गिरावट भएको छ। आइतबार २६ अर्ब ५७ करोड बराबरको सेयर किनबेच हुँदा सोमबार साढे १९ अर्बको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा आज ९४ कम्पनीले सेयर मूल्यमा बढ्दा १५६ कम्पनीको मूल्यमा गिरावट आएको छ। आज ट्रेड टावर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेड रहेका छन्।

आज पनि सान्भी इनर्जी लिमिटेड कम्पनीको सेयर ९२ करोड बराबरको कारोबार भएको छ। आइतबार पनि यसै कम्पनीको सेयर एक अर्बभन्दा बढी मूल्य बराबरको कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी