काठमाडौं, साउन १८ । तनहुँको ऐना पहरामा भएको यात्रुबाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस पहरामा दुर्घटना भएको थियो ।
दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।
यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको थापाको भनाइ छ ।





