काठमाडौं, साउन २२ । नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ९ का २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन्।
काभ्रेको पाँचनखाल नगरपालिका १० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार पक्राउ परिसकेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
सिन्धुलीका पीडितलाई भारतको होटलमा काम गर्दा मासिक भारतीय रुपैयाँ १० देखि २० हजारसम्म हुने भन्दै लगेर यही जेठमा भारत लगिएको थियो।
प्रहरीसँग बयान दिने क्रममा पीडितले आफूलाई प्रलोभन देखाएर कलंकी हुँदै भारत लगिएको बताएका थिए।





