काम नगरि पार्टीमा पदमात्रै ओगट्ने प्रवृति अन्त्य हुुनुपर्छ -माधव नेपाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, साउन २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानबिपरित रहेकाले आफुहरुले विरोध जनाएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्याङ्कन दलहरुको आन्तरिक बिषय भएकाले भन्दै आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधान बिपरित भएको बताउनुभएको हो । स्वमूल्याङ्कन कार्यविधिमा बिपक्षी दलहरुले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको उहाले बताउनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले काम नगरि पार्टीमा पदमात्रै ओगट्ने प्रवृति अन्त्य हुुनुपर्नेमा जोड दिनुभयो । पार्टीको बिभिन्न पदमा रहेका व्यक्तिले बिभिन्न चूनौतिको सामना गर्न सक्नुपर्ने उहाको भनाइ छ ।

उहाले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहेकोले संख्याका आधारमा मूल्याङ्कन नगर्न आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी