काठमाडौं, साउन २७ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को गिरावट कायमै भएको छ। साताको पहिलो कारोबार दिन सोमबार २८ अंकले गिरावट भएको सेयर बजार आज पनि घटेको हो।
आज सेयर बजार परिसूचक २६ अंकले गिरावट हुँदै २७९६ को विन्दुमा झरेको हो। सेयर बजार गिरावट भएसँगै कारोबार रकमसमेत खुम्चिएको छ। सोमबार १० अर्ब २१ करोडको सेयर किनबेच हुँदा मंगलबार झण्डै ७ अर्बमा खुम्चिएको छ।
सेयर बजारमा आज २४ कम्पनीको सेयर मूल्य बढेको छ। यसको विपरीत २२५ कम्पनीका लगानीकर्ताले गुमाआफ्नो लगानी गुमाउँदा एक कम्पनीको मूल्य स्थिर रहेको छ।
आज सिटी होटल लिमिटेडमा सकारात्मक सर्किट लगाउँदा सिक्लेस हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले नकारात्मक सर्किट बराबरको लगानी गुमाएका छन्।





