कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, भदौ ८ । कारोवारको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०२ अङ्कले घटेर २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा झरेको छ । नेप्से लगातार तेस्रो कारोबार दिन घटेको हो ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंकको शेयर १ दशमलव ६९ र जलविद्युत् समूहको शेयर १ दशमलव १९ प्रतिशतले ओरालो लागेको छ ।

आज नारायणी विकास बैंकको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्