अर्यालसहित १२ जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, भदौ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले अन्त शुल्क स्टिकर छपाई खरिद प्रक्रियाको भ्रष्टाचार मुद्दामा उनीहरुलाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले केही प्रतिवादीलाई आंशिक ठहर साथै केहीलाई सफाइ दिइएको भन्दै आइतबार पुनरावेदन गरेको जनाएको छ । आयोगले अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दावी गरिएको थियो । सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता समेत गरेको थियो । महँगोमा अन्तःशुल्क स्टिकर छापेको भन्दै मुख्यसचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तःशुल्क स्टिकर महँगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्