काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको छ । पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र बसेर पार्टी सिध्याउँन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने स्पष्ट पार्नुभएको हो ।
पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन समेत दिनुभयो । उहाले पार्टीभित्रको असन्तुष्टिलाई पार्टीभित्रै राख्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र नुशासनहीनतालाई छुट दिन नसकिने उहाको भनाइ छ । अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पु¥याउने र पार्टी नेतृत्वलाई गर्नेलाई सहेर बस्न नसकिने जिकिर गर्नुभयो । त्यस्तै उहाले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत–चीन बिपरितको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कुटनीतिक तवरबाट आफ्नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले १० औँ महाधिवेशनले अघि सारेको नेपाली समाजवादको कार्यक्रमलाई पार्टीले अझैसम्म प्रकाशन नगरेको भन्दै असन्तुष्टी जनाउनुभयो । देशको समाजवादी कार्यक्रमको रुपलाई अघि बढाउन नेपाली समाजवादको कार्यक्रमलाई प्रकाशन गर्नुपर्ने उहाको भनाइ छ ।
उहाले मुख्य बर्गभित्र नपुगेसम्म साच्चैकै कम्युनिष्ट पार्टी निर्माण गर्न नसकिने उल्लेख गर्नुभयो ।





