काठमाडौं, भदौ ९ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ। आइतबार १८ अंकले गिरावट हुँदै बन्द भएको सेयर बजार आज २३ अंकले बढेको हो।
योसँगै सोमबार सेयर बजार परिसूचक २७६३ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकमका आधारमा ५ अर्ब ७५ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ।
आज नारायणी विकास बैंक र विकास हाइड्रो पावर कम्पनी लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, आज १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।





