विभिन्न ५ बुँदे माग राख्दै कवाड व्यवसायीहरु आन्दोलित भएका छन् ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग सहित उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले सोमबार काठमाडौंको कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नारावाहीसहित धर्ना दिएका थिए ।
कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुको माग छ ।





