मौसम खराबीका कारण सुर्खेत उडेको जहाज नेपालगञ्ज डाइभर्ट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, भदौ १२ । मौसम प्रतिकुलताका कारण काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ ।

बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्धले जनाएको छ ।

बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ का सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्