काठमाडौं, भदौ १९ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट हुँदै बन्द भएको छ। बिहीबार सेयर बजार परिसूचक ६ अंकले गिरावट हुँदै २७१९.७७ को विन्दुमा बन्द भएको हो।
यसअघि पनि बुधबार सेयर बजार १५ अंकले घटेकाे थियाे। सेयर बजार गिरावट भए पनि कारोबार रकम भने बढेकाे छ। आज सेयर बजारमा पाँच अर्ब बराबरकाे सेयर कारोबार भएको छ। बुधबार जम्मा चार अर्ब ७२ कराेड बराबरको सेयर कारोबार भएको थियाे।
सेयर बजारमा आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, एउटा कम्पनीकाे सेयर मूल्य भने स्थिर रहेकाे छ। आज सबैभन्दा बढी हिम





