काठमाडौं, भदौ १९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीमा इम्बोस्ड नम्बर जडान कार्यलाई असोज १ गतेबाट अनिवार्य नबनाइएको स्पष्ट पार्नुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री दाहालले असोज १ गतेबाट इम्बोस्ड नम्बर जडान नगरे कारवाही हुने भन्ने भ्रम रहेकाले तत्काल जडान नगरेपनि कारवाही नहुने स्पष्ट पार्नुभएको हो । उहाले आफुलाई अनुकुल समयमा इम्बोस्ड नम्बर जडान गर्न आग्रह गर्नुभयो ।उहाँले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताउनुभयो ।
उहाँले व्यक्ति, निजी वा सरकारी सवारी साधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार पाँच सय ४५ छपाइ भइसकेको र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान भइसकेको जानकारी दिनुभयो । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि देशभरका सवारी साधनको विवरण यकिन हुने उहाको भाइ छ ।
उहाले सवारी साधनामा इम्बोस्ड नम्बर जडान गर्न निर्देशिकासमेत जारी भएको जानकारी दिनुभयो ।





