काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले निजामती विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल बताउनुभयो ।
कर्मचारीतन्त्र स्थायी सरकार भएकाले कर्मचारीका जायज समस्यालाई सरकारसमक्ष पुराउने उहाले बताउनुभयो ।
उहाले कर्मचारीलाई विश्वासमा लिएर उच्च मनोवल बनाउन सके देशको बिकासमा थप सहजता पुग्ने धारणा राख्नुभयो । सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति देउवाले विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । बाइट…
त्यस्तै उहाले हरेक निकायमा इमानदार र कर्तव्यनिष्ठता कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।





