सीपयुक्त श्रमिक कोरिया पठाउनका लागि बनाएको कार्यविधि रोकियो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, भदौ ३० । सरकारले सीपयुक्त श्रमिक कोरिया पठाउनका लागि बनाएको र संशोधन गरेको कार्यविधि रोकिएको छ ।

कामको लिस्ट नै हालेर कार्यविधि संशोधन भएको थियो । तर, गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना निकालेर कार्यविधि कार्यान्वयन नहुने बताएको छ । उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्देशन प्राप्त भएको विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्