एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फर्किए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असोज २ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।

जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् ।

सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।

बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्