काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गर्नुभएको छ ।
बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद बिघटन नभएको बताउनुभएको हो ।
उहाले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद बिघटन गर्नुपरेको जिकिर गर्नुभयो । अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मुर्खताबाहेक केहि नहुने उहाले बताउनुभयो । सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई
सवै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा राख्नुभयो । त्यसका लागि सवै राजनीतिक दल र सरोकारवालाबीच बृहत एकता गर्नुको बिकल्प नरहेको उहाको भनाइ छ ।
उहाले जेनजी आन्दोलनका नाममा संविधान बिपरितको काम भएको स्पष्ट पार्नुभयो । सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरि जनतालाई सर्वोपरि राखेर काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।





