काठमाडौं, असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको छ ।
सोमबार करिब ६स्०० बजे साँझदेखि यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज पुनः सुक्खा पहिरो खसेको थियो ।अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो ।





